News

राजापुरका मेयरको पहिलो एक्सनः पार्टी छोड्न शिक्षकलाई ७ दिनको समय 

राजापुरका मेयरको पहिलो एक्सनः पार्टी छोड्न शिक्षकलाई ७ दिनको समय 

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारुले पदभार ग्रहण गर्ने वित्तिकै शिक्षकमाथि एक्सन लिएका छन् । उनले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनको अल्टिमेटम दिदै दलहरुको कार्यकारी पदबाट राजीनामा दिन निर्देशन दिएका छन ।

नगरमा रहेका सवै विद्यालयलाई पत्राचार गर्दै मेयर थारुले दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन लगाउन निर्देशन दिएका हुन् ।

पत्रमा भनिएको छ– ‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रियरुपमा दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरणविपरीत कार्य गर्ने यस राजापुर नगरपालिकाअन्र्तगत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यलयमा पेस गर्न हुन जानकारी गरिन्छ।’ 


 

विशेष