News

बालेन्द्रसँग किन डराए झलनाथ खनाल ?

बालेन्द्रसँग किन डराए झलनाथ खनाल ?

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बालेन राजनीतिक दलका लागि खतरा भएको वताएका छन् । बालेनकै कारण अव धेरै बालेन जन्मन सक्ने उनलाई डर छ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता खनालले बालेनहरूले राज्य गरे राजनीतिक दलको अस्तित्व समाप्त हुने बताए। दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ।

‘संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्’ उनले भने–‘बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ।’
 

विशेष