News

ओलीले प्रतिनिधि सभामै देउवा दम्पत्तिलाई लाजमर्दो पारे

ओलीले प्रतिनिधि सभामै देउवा दम्पत्तिलाई लाजमर्दो पारे

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन पुर्व प्रधानमन्त्री पत्नि आरुजु राणाले बोलेको विषयलाई लिएर प्रतिनिधि सभाको वैठकमै प्रधानमन्त्री शेरबहादुर देउवालाई हावाकावा पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले आरजुको अभिब्यक्ति तर्फ संकेत गर्दै प्रधानमन्त्री देउवामाथि प्रश्न उठाए । उनको यो प्रश्नले देउवालाई लाजमर्दो भएको सांसदहरुले वताएका छन् ।

ओलीले निर्वाचनका क्रममा पैसाको प्रलोभन दिइएको तथा धाक र धम्की दिइएको पुष्टि गर्न आरजुतर्फ संकेत गरेका हुन। ‘प्रधानमन्त्री देउवाको वडामा केही पनि नजाने हो ? ’भनेर ओलीले देउवालाई प्रश्न गरे ।

कांग्रेसले नजितेको ठाउँमा बजेट नजाने भनेर कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवाकी पत्नि आरजुले अभिव्यक्ति दिएकी थिईन। उनले डडेल्धुरा पुगेर ‘कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने’ धम्की दिएकी छिन् । 

प्रधानमन्त्री देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्’ भन्दै धम्क्याएकी थिईन।

सोही प्रसंगमा ओलीले भने–‘‘रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनियो । संयोगकै कुरा हो, डडेलधुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जितेको छ त्यहाँ जाने होला। अमरगढी जितेको छ कि छैन ? अमरगढी कांग्रेसले जितेको भए त ठीकै छ नत्र कुन कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज।’

ओलीले अझै अगाडि भने–‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा चाहिँ केही पनि जाने भएन, किनभनेर त्यहाँ रुखले केही पनि जितेन कि क्या हो । लोकतन्त्रको हरिबिजोग अरु के हुन्छ ।’ प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुराको गन्यापधुराको वडा नम्बर १ मा कांग्रेस हारेको थियो । यो ओडा देउवाले मतदान गरेको वडा हो ।

गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्न करुवाबाट चुनाव लडेका नरेश भण्डारीले देउवालाई १ सय २९ मतान्तरले पराजित गरे। भण्डारीले ६ सय ७३ मत ल्याए भने देउवाले ५ सय ४४ मत पाए।

यो पनि,

कांग्रेसको जग हल्लिएपछि डडेल्धुरामा आरजुः हिजो धम्की, आज अर्कै फण्डा
देउवा पत्नि आरजुको धम्कीः कांग्रेसको मेयर नभएका ठाउँमा पैसा दिदैनौं

विशेष