News

भारतीय कवि नरेश शाण्डिल्यको स्वागत तथा कविता वाचन कार्यक्रम सम्पन्न

भारतीय कवि नरेश शाण्डिल्यको स्वागत तथा कविता वाचन कार्यक्रम सम्पन्न

भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम विहिवार काठमाडौंमा सम्पन्न भएको छ। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गरेको छ। प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्यो। प्रतिष्ठानका महासचिव मधु पाठकले सो सम्मान पत्र वाचन गरेका थिए । राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले पनि कवि शांण्डिल्यलाई सम्मान गर्यो ।

यसैगरी, नेपाल–भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतले कविता वाचन गरे ।

कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरे । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथी नेपालका वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईले यस्ता सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने वताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो ।

विशेष