News

चुनावको मौका छोपेर पेट्रोलियम पदार्थको मुल्य वढाउने सरकारको तयारी

चुनावको मौका छोपेर पेट्रोलियम पदार्थको मुल्य वढाउने सरकारको तयारी

सरकारले चुनावको मौका छोपेर फेरी पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने तयारी गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै मूल्य बढाउने तयारी गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको नेपाल आयल निगमको भनाइ छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्यमा पनि चर्को भाउ बढेको बताउँदै निगमले प्रतिमहिना पाँच अर्ब १९ करोड घाटा हुने उल्लेख गरेकाले चुनावको मुखमा सर्वसाधारणमाथि थप मूल्यवृद्धिको भार पर्ने देखिएको हो । 
 

विशेष