News

एनआईसी एशियाको डिसिइओमा सन्तोषकुमार राठी नियुक्त

एनआईसी एशियाको डिसिइओमा सन्तोषकुमार राठी नियुक्त

एनआईसी एशिया बैंक ब्यवस्थापनले सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर) मा नियुक्त गरेको छ।

सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन ०७८ मा भएको व्यवस्था बमोजिम राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

जेष्ठ ८ मा बसेको सञ्चालक समितिको यो निर्णय ०७९ श्रावण १ देखि लागू हुनेछ। राठी ०६४ मंसिर १९ देखि वैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन। तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाबाट शाखा प्रबन्धकको जिम्मेवारीबाट उनले वैंकिङ सेवा सुरु गरेका थिए ।

उनी सो वैकका विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन। उनले विभिन्न वैंकमा गरी करिब २० वर्षको अनुभव बटुलेका छन् ।

बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा अन्य विभिध क्षेत्रमा दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रमी, दृढ संकल्पित तथा दक्ष ब्यक्तिका रुपमा मुल्यांकन गर्दै सो पदमा नियुक्त गरिएको जनाईएको छ।

उनले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
 

एनआईसी एशिया बैंक

विशेष