News

भोट माग्न छोडेर कांग्रेसका बागी उम्मेदवार धर्नामा

भोट माग्न छोडेर कांग्रेसका बागी उम्मेदवार धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार मनोज साह भोट माग्न छोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन्। आफनो निर्वाचन चिन्ह नमुना मत पत्र र वेबसाईटमा नराखिएको भन्दै उनी धर्नामा वसेका हुन।

‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उनले भने, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’

कार्यालयले गल्ती सच्याउँछौं भने पनि त्यसतर्फ ध्यान नदिएको उनको गुनासो छ। निर्वाचन कार्यालयको लापर्वाहीले चुनाव प्रचार गर्ने २४ घण्टा खेर गएको उनले वताए । नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठेका थिए। 

निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनः मतपत्र छपाइ गर्ने तयारी गरेको छ। आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको छ।
 

विशेष