News

लोमान्थाङमा स्तरोन्नती गरिएको विद्यालय भवन उद्घाटन 

लोमान्थाङमा स्तरोन्नती गरिएको विद्यालय भवन उद्घाटन 

मुस्ताङको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्रीपाल एवम् नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नती गरिएको भवनको उद्घाटन गरिएको छ। नेपाल स्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले विद्यालय भवनको उद्घाटन गरेकी हुन।

भवन उद्घाटन समारोहमा विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स पनि प्रदान गरिएको छ। ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा विद्यालय भवनको स्तरोन्नती गरिएको हो।

२ करोड ६३ लाखको लागतमा भवनको स्तरोन्नती गर्ने कार्य जिल्ला समन्वय समिति मुस्ताङले गरेको हो। यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।


सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न गरेको छ। ती मध्ये मुस्ताङका १५ सहित गण्डकी प्रदेशमा ५७ वटा परियोजना छन्।
 

विशेष