News

भरतपुरकी मेयरको गाडी दुर्घटना, रेणुको टाउकोमा चोट

भरतपुरकी मेयरको गाडी दुर्घटना, रेणुको टाउकोमा चोट

चितवनको भरतपुर महानगरपालिकाकी रेणु दाहाल दुर्घटनामा परेकी छिन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार ललितपुरको जावलाखेलमा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। सिटि स्क्यान गर्दा घाऊ बाहिरी छालामा मात्रै देखिएको जनाईएको छ।

टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । 
 

विशेष