News ओटोमोबाइल

निजी प्रयोजनका कार, जीप र भ्यानको आयातमा एलसी निरन्तरता दिन माग

निजी प्रयोजनका कार, जीप र भ्यानको आयातमा एलसी निरन्तरता दिन माग

नाडा अटो अटोमोबाइल्स एसोसिएशन अफ नेपालले निजी प्रयोजनका कार, जीप र भ्यानको आयातमा एलसी (प्रतीतपत्र) खोल्ने कार्यलाई निरन्तरता दिन माग गरेको छ।

शुक्रवार नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रिक्सन अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल्स सार्वजनिक गर्दै नाडाले सरकारसँग यस्तो माग गरेको हो ।

१ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको नाडाले जनाएको छ।

केही दिन अघि मात्रै नीजि प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको महासचिव सुरेन्द्रकुमार उप्रेतिले वताए । नाडामा प्रस्तुत नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रिक्सन अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल्सबाट नेपालको अटो मोवाइल क्षेत्र बारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा समेत राखिएको उप्रेतीले वताएका छन्।

विशेष