News बैंकिङ समाज

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई वेड सिट हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई वेड सिट हस्तान्तरण

माछापुच्छ्रे बैंकले भक्तपुरेका मानव कल्याण समाजलाई २० थान वेड सिट हस्तान्तरण गरेको छ।

सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण–३ स्थित उक्त संस्थालाई वेड सिट लगायतका सामान हस्तान्तरण गरिएको बैंकले जनाएको छ। माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामान संस्थालाई हस्तान्तरण गरे।

मानव कल्याण समाजले बेवारिसे अवस्थामा फेला परेका ब्यक्ति संरक्षण गर्दै आएको छ । मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २ सय जना भन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

विभिन्न संघ/संस्था एंव व्यक्तिहरुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको जनाएको छ।

माछापुच्छ्रे बैंकले यस अघि पनि सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा र २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई यो बैंकले सेवा प्रदान गर्दै आएको छ।

विशेष