News बैंकिङ

नबिल बैंक आईजे ग्लोबल म्यागजिनको शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत

नबिल बैंक आईजे ग्लोबल म्यागजिनको शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्ल्युसिभ ल्याङ्वेज तालिकामा सुचीकृत भएको छ ।

बैंकका अनुसार आईजे युरोमोनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो। यसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आईजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २ हजार १ सय कोषहरू समावेश गर्दछ, जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानून फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

‘यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन ४–एसवी शीर्ष २० औमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ’– बैंकले भनेको छ।

नबिल बैंकले १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिङ्ग साझेदारहरू मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापित गर्दै व्यावसायिक बैंकिङ्ग सेवा दिदै आएको छ।
 

विशेष