News

माओवादी नेता केसीको अस्लिल भिडियो नेपाल आजलाई प्राप्त

माओवादी नेता केसीको अस्लिल भिडियो नेपाल आजलाई प्राप्त

दोलखाका माओवादी नेता नेत्रबहादुर केसी (सन्तोष) को अस्लिल भिडियो नेपाल आजलाई प्राप्त भएको छ। केसीलाई नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारी गरिरहेको छ।

आफुलाई ‘चे’ भनेर चिनाउन खोज्ने केसीको यो भिडियोले उनको नाम र काम दुवै मिलेको देखाउँछ। किनकी उनले यस्ता अस्लिल भिडियो खिच्दै फेसवुक म्यासेन्जरमा पठाउने गरेको धेरैले गुनासो गरेका छन्।

नेपाल आजलाई प्राप्त भएको भिडियोमा उनले आफनो गोग्य अंग खेलाइरहेको देखिन्छ। जिब्रो निकालेर आफुलाई कामुक भएको प्रदर्शन गरिरहेका छन् । सामाजिक मर्यादा विपरित कार्य गर्ने केसीलाई माओवादीले नेता वनाएर अगाडि वढाईरहेको भन्दै पार्टीकै नेता÷कार्यकर्ताहरु गुनासो गरिरहेका छन्।

जनमतको कदर नगर्ने, भ्रष्टाचारमा लिप्त हुने, नातावादलाई प्रश्रय दिने नेता÷कार्यकर्ताकै कारण अहिले राजनीतिक दलप्रति सर्वसाधारणको वितृष्णा वढिरहेका वेला सांस्कृतिक विचलनका यस्ता हर्कत गर्ने केसीलाई माओवादीले संरक्षण गर्नु अनौठो भएको उनीहरु वताउँछन्।

जनयुद्धताका सांस्कृतिक विचलनको आरोप लगाएर अरु पार्टीका नेता÷कार्यकर्तालाई भाटा हान्दै हिड्ने माओवादी अहिले आफ्नै नेता कार्यकर्तालाई थेग्न नसक्ने अवस्था पुगेको सर्वसाधारणको गुनासो छ। केसीले नेपाल आजसँगको कुराकानीका क्रममा उक्त भिडियो आफनो नभएको भनेर इन्कार गर्न सकेका छैनन्।
 

नेत्रबहादुर केसी

विशेष