News

निर्वाचन आयोगले बालेन्द्रको ठेगाना नै भेटेन !

निर्वाचन आयोगले बालेन्द्रको ठेगाना नै भेटेन !

काठमाण्डौं महानगरपाकिलाका नवनिर्वाचित मेयर बालेन्द्र साहको ठेगाना पत्ता लगाउन सरकारी निकायलाई सकस परेको छ। निर्वाचन आयोगले अहिलेसम्म बालेन्द्रको ठेगाना भेटेको छैन।

निर्वाचन आयोगले शुक्रवार विहान काठमाण्डौं महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गर्दा निर्वाचित मेयर बालेन्द्र साहको ठेगाना खाली राखिएको छ। तर, अन्य निर्वाचित पदाधिकारी र प्रतिस्पर्धीहरुको भने ठेगाना उल्लेख छ।

उम्मेदवारी दर्ता गर्ने क्रममा बालेन्द्रको क्रम संख्या ३५ थियो। जहाँ उनको नामसँगै चुनाव चिन्ह र प्राप्त मत उल्लेख गरिएको छ भने ठेगानाको महल खाली छोडिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। तर, निर्वाचन अघि भने उनले ९०,८३५ मत ल्याएर चुनाव जित्ने दावी गर्दै आएका थिए। अहिले उनको बाँकी २९०६८ मतको खोजी भईरहेको छ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१, एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। 

सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्। आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन भने राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन्। विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।

बालेन्द्र काठमाण्डौंमा स्वतन्त्र लडेर मेयर जित्ने दोस्रो तथा मधेसी मुलका पहिलो मेयर हुन। कलाकारीता र इन्जिनियरिङ क्षेत्रबाट मेयरमा लडेर चुनाव जित्ने पनि बालेन्द्र पहिलो युवा हुन ।

कहाँ हो बालेन्द्रको ठेगान ?
नवनिर्वाचित मेयर बालेन्द्र साह काठमाडौं–९ का स्थायी बासिन्दा हुन् । उनी तीनकुने, गैरिगाउँमा बसोबास गर्छन। उनी -यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियर पनि हुन्।

बालेन्द्रको जन्म ०४७ बैशाख १४ गते नरदेवी, काठमाडौँमा भएको हो। उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र उनकी दोस्रो पत्नी ध्रुवदेवी साहका कान्छा छोरा हुन। उनको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका– २ मा छ।

उनका हजुरबुबा मुनिलाल शाह जमिन्दार थिए। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको नागपुर स्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । 

बालेन्द्र साह

विशेष