News

नक्कली प्रमाण पत्र वनाएर शिक्षक वनेका रावल वडाध्यक्षका उम्मेदवार 

नक्कली प्रमाण पत्र वनाएर शिक्षक वनेका रावल वडाध्यक्षका उम्मेदवार 

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाका लागि अध्यक्षका उम्मेदवार सुरत बहादुर रावल विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको पाईएको छ। उनी नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षको उम्मेदवार वनेका हुन।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक भएको ठहर गर्दै अख्तियारले उनी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । रावलले श्री कालिका देवी प्राविको शिक्षक हुन पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारले ठहर समेत गरेको छ । रावलले नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको रुपमा खाईपाई आएको सेवा सुविधा फिर्ता गर्नुपर्ने, त्यो बराबरको सजाय र जेल सजाय पनि हुन सक्ने बताइएको छ ।

अख्तियारले २०७६ बैशाख ५ गते शिक्षा विकास तथा समन्वय इकाई मंगलसेनलाई पत्र लेखेर रावललाई कारवाही गर्न भनेको थियो । अख्तियारको बैशाख ४ गतेको निर्णयअनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम रावलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको पत्रमा उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को प्रयोजनार्थ जनकारी एवं आवश्वक कारवाही गर्न अख्तियारले पत्रमा भनेको छ ।

आफूविरुद्ध अख्तियारमा मुद्धा परेको जानकारी भएपछि रावल शिक्षकबाट राजिनामा दिएर नेपाली काँग्रेसको राजनीतिमा लागेका थिए । रावलले उम्मेदवारी दर्ता गराएसँगै काँग्रेसका नेताहरुले पत्र दिँदै अन्य पार्टीका नेताहरुलाई उजुरी दिन सुझाव दिएका थिए ।

काँग्रेसका एक नेताका अनुसार रावलले पार्टीलाई नै गुमराहमा राखेर वडा अध्यक्षको उम्मेदवारी लिएका थिए । उम्मेदवारी वितरणको क्रममा काँग्रेसका एक नगर सदस्यले कुरा उठाए पनि उनले त्यो मुद्धा झुटो भएको र आफूले सफाई पाइसकेको बताएका थिए ।
 

सुरत बहादुर रावल

विशेष