News

ओलीको अभिब्यक्ति स्तरहिन भन्दै मन्त्रीले संसदमा बोलेपछि...

ओलीको अभिब्यक्ति स्तरहिन भन्दै मन्त्रीले संसदमा बोलेपछि...

नेपाल सरकारका मन्त्रीहरु आवेशमा आएर होस गुमाउने र जथाभावी बोल्ने गरेको पाईएको छ। विहिवार प्रतिनिधि सभाको वैठकमा यसैगरी होस गुमाएर बोलेको एक जना मन्त्री संसदीय मर्यादा विपरितको शब्द शुक्रवार सभामुखले हटाउन निर्देशन दिएका छन्।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले हटाउन रुलिङ गरेका छन् ।

एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएपछि मन्त्रीले ‘स्तरहिन अभिब्यक्ति’ भन्दै टिप्पणी गरेका थिए । शुक्रबार ओलीको उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख बताएका थिए ।

उनको अभिब्यक्तिप्रति एमाले सांसदहरुले तत्कालै विरोध गरे। पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद बैठक नै अवरोध गरे। त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएको हो ।

कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।
 

दिलेन्द्र प्रसाद बडू

विशेष