News

नीति तथा कार्यक्रममा सत्ता गठवन्धनकै सांसदको आलोचना

नीति तथा कार्यक्रममा सत्ता गठवन्धनकै सांसदको आलोचना

सरकारको नीति तथा कार्यक्रम माथि गठवन्धन दलकै सांसदले आलोचना गरेका छन् । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नीति तथा कार्यक्रममा महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको भन्दै आलोचना गरेकी छिन् ।

शनिबार संसदमा बोल्दै अहिलेको प्रमुख समस्या भनेकी महंगी भएको वताईन। तर सरकारले बढ्दो महंगी नियन्त्रण गर्ने कार्यक्रम नल्याएकोमा उनको आलोचना छ। ‘महंगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन’ उनले भनिन–‘आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ।’ 
उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको र नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताइन्। नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ।  

स्वदेशी उत्पादनको उपभोग बढाउने नीति राम्रो भए पनि मुख्य कुरा यो कसरी गर्ने भन्ने रहेको उनले बताइन्। 
 

विशेष