News

प्रचण्डले ओलीलाई किन लगाईदिए ‘हत्यारा’ को ट्याग ?

प्रचण्डले ओलीलाई किन लगाईदिए ‘हत्यारा’ को ट्याग ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हत्याराको आरोप लगाएका छन् । शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको भन्दै आक्रोशित दाहालले ओलीले पनि मान्छे मारेको प्रसंग उठाए ।

प्रतिनिधि सभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दाहालले ओली ‘हत्यारा नै हुन’ नभने पनि प्रश्नको रुपमा हत्यारा भएको दावी गरे। ‘मान्छे मारेर जेल बसेको होइन ?’ भनेर प्रश्न गर्दा के हुन्छ भनेर ओलीलाई दाहालले प्रश्न गरे। शान्ति प्रकृयाको मर्मविपरीत बोल्नेलाई ‘हिजो मान्छे मारेर जेल बसेको होइन ? भन्दै प्रश्न गर्दा के हुन्छ ? त्यो ठिक हुन्छ त ?’ भन्दै सोधे । 

केपी शर्मा ओलीलाई झापा बिद्रोहका क्रममा एक व्यक्तिको हत्या गरेको आरोप लाग्ने गरेको छ । ०२८ सालमा त्यतिबेलाको मेची–कोशी प्रान्तीय कमिटीले झापा व्रिदोहको नेतृत्व गरेको थियो, जसको उद्धेश्य सामन्तवादका विरुद्ध निर्णायक संघर्ष गर्नु थियो। तर, ०२९ सालमा ओलीको योजनामा झापाका धर्मप्रसाद ढकाललाई सुतिरहेको अवस्थामा हत्या गरिएको आरोप लाग्ने गरेको छ। जतिबेला ओली २२ वर्षका युवा थिए। निदाएका ढकाललाई ओली नेतृत्वको टीमले खुकुरीले हानेर हत्या गरेको वताईन्छ। 

दाहालले यसै विषयमा संसदमा कुरा उठाएका हुन। शुक्रवार संसदमा वोल्ने क्रममा ओलीले निर्वाचनको विषयलाई लिएर शान्ति प्रकृयाको मर्मविपरीत धारण राखेको दाहालको आरोप छ।

‘हामी यहाँ त्यसै छैनौं । शान्ति सम्झौताका कारण यहाँ छौं । यो समान्य कुरा होइन । ओलीजीले जे विषय राख्नु भयो त्यो शान्ति प्रकृयाको मर्मविपरीत छ’ दाहालले भने–‘मान्छे मारेको, बोरामा कोचेको जस्ता विषय के हो ? यो शान्ति प्रकृयाको मर्मविपरीत छ ।’

विशेष