News

ओलीलाई देउवाको जवाफ– आयल निगम खारेज गर्ने सोच छैन

ओलीलाई देउवाको जवाफ– आयल निगम खारेज गर्ने सोच छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्न सरकार लागि परेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिब्यक्तिको खण्डन गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आयल निगम खारेज गर्ने कुनै सोच नभएको बताए। 

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा कम प्रतिस्पर्धी र कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख भए पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस्को चर्को विरोध गरेको छ।

नीति तथा कार्यक्रममाथि संसद बोल्दै एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गरेर पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन अर्बौको चलखेल भइरहेको आरोप लगाएका थिए ।

त्यसैको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भने–‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’
 

विशेष