News

‘तीन वर्ष पहिले बनेको ईपीजी प्रतिवेदन किन नवुझेको’ भन्दै ओलीलाई देउवाको प्रश्न

‘तीन वर्ष पहिले बनेको ईपीजी प्रतिवेदन किन नवुझेको’ भन्दै ओलीलाई देउवाको प्रश्न

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् ।  तीन वर्ष पहिले बनेको उक्त प्रतिवेदन त्यतिबेला किन नबुझेको भनेर देउवाले ओलीलाई प्रश्न गरेका छन् ।

सन् २०१९ मा तयार भएको ईपीजी प्रतिवेदन सरकारले किन नबुझेको ? भनेर ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रश्न उठाएपछि त्यसको जवाफ दिदै प्रधानमन्त्री देउवाले उल्टो प्रतिप्रश्न गरेका हुन।

‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षपहिले नै तयार भएको सबैलाई थाहा छ । त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो, किन बुझिएन ?’– देउवाले प्रश्न गरे।

देउवाले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको पनि बताए । विगतमा चीन विरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको पनि उनले सुनाए। 
 

विशेष