News

शान्ता चौधरीले गगन थापालाई किन भनिन मानवता हराएको मान्छे ?

शान्ता चौधरीले गगन थापालाई किन भनिन मानवता हराएको मान्छे ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि नेकपा एमालेकी सांसद शान्ता चौधरीले आक्रमण गरेकी छिने । अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणीको खण्डन गर्दै उनले थापालाई मानवता भएको मान्छेको संज्ञा दिएकी छिन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले ओलीमाथि तिव्र असन्तुष्टि पोखेका थिए । उनले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।

‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ’ भन्दै थापाले भनेको प्रति चौधरीले आपत्ति जनाईन।

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति थापाले टिप्पणी गरेपछि चौधरीले फेसवुकमै स्ट्याटस लेखेर मानवताको विषय उठाएकी हुन् ।

उनले लेखेकी छिन्– ‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।’

विशेष