News

ओलीलाई प्रचण्डको चुनौतीः आफनै बुतामा फेरी प्रधानमन्त्री भएर देखाउ 

ओलीलाई प्रचण्डको चुनौतीः आफनै बुतामा फेरी प्रधानमन्त्री भएर देखाउ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो कारण एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री भएको दावी गर्दै अव फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।
उनले केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता÷कार्यकर्तासँग मिल्न सकिने बताए। तर, केपी ओलीकै  व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ ।

०७४ को प्रदेश र संघीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार नेकपाले बनाएको उनले स्मरण गरे।

नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।
 

विशेष