News

जलिरहेको अवस्थामा देखियो ताराको विमान

जलिरहेको अवस्थामा देखियो ताराको विमान

हराएको लामो समयपछि फेला परेको तारा एयरको जहाज जलिरहेको अवस्थामा भेटिएको छ।

उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको उक्त विमान जलिरहेको फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिएका छन्। विमानको थप जानकारी अझै प्राप्त भएको छैन।

उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको छ। खराब मौसमका कारण जहाजको खोजीमा समस्या आइरहेको थियो।

आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएपछि बेपत्ता भएको थियो। 

उक्त विमानमा चालक दलका सदस्य वाहेक १३ नेपाली यात्रु मध्ये सात जना धनुषा जिल्लाका एकै परिवारका रहेको खुलेको छ। ति ७ जना धनुषाको मिथिला नगरपालिका ११ लोटहाका बासिन्दा रहेको जनाईएको छ।

विमानमा रहेका पूर्व शिक्षक मकरबहादुर तामाङको परिवार हो। उनीसँगै श्रीमती सुकुमाया तामाङ, दिदी–भिजानु राममाया गोले र इन्द्रबहादुर गोले बहिनी ज्वाइँ र भान्जा तुल्सादेवी गोले, पुरुषोत्तम गोले र राजन गोले विमानमा सवार थिए।

उनीहरू मुक्तिनाथ दर्शन गर्नका लागि हिडेको जनाईएको छ।

तारा एयर

विशेष