News

सकारी अस्पतालमा ९८ प्रकारका औषधी निशुल्क

सकारी अस्पतालमा ९८ प्रकारका औषधी निशुल्क

सरकारी अस्पतालबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

सरकारले दीर्घ रोगहरू जस्तै क्यान्सर लागेर उपचारर्थ व्यक्ति, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति र मेरुदण्डमा चोट लागेर असक्त भएका व्यक्तिलाई मासिक ५ हजार उपलब्ध गराउने घोषणा पनि गरेको छ।

सबै प्रादेशिक अस्पतालमा मिर्गौला रोगीहरुको डायलासिस गर्ने व्यवस्था सरकारले गरेको छ। यस्तै निमुखा व्यक्तिहरुका लागि मिर्गौला उपचारका लागि प्रादेशिक हिसाबमा १० करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ। 
 

विशेष