News

निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश सरकारले टेरेन

निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको आदेश सरकारले टेरेन

सर्वोच्च अदालतले निर्माण कार्य रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले लगानी बोर्डमार्फत अघि वढाउने निर्णय गरेको छ। उक्त विमानस्थल निर्माणका लागि सरकारले वजेट पनि छुट्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।

आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने वताए। त्रिभुवन विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप्ने तथा दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।

गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री शर्माले बताए। त्यसै गरी धनगढी विमानस्थलमा स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल पनि बनाइन पनि सरकाले बजेट विनियोजन गरेको उनले बताए। 
 

विशेष