News

सुन्दा राम्रो तर कार्यान्वयन नहुने विषय बजेटमा

सुन्दा राम्रो तर कार्यान्वयन नहुने विषय बजेटमा

सरकारले सुन्दा राम्रो लाग्ने तर, कार्यान्वयन गर्न नसक्ने विषय पनि वजेटेमा समेटेको छ। अर्थमन्त्री जनार्दन शर्माले आईतवार संसदमा प्रश्तुत गरेको वजेटमा सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने ब्यवथा गरिएको छ।

बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।

सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ । 
 

विशेष