१९ यात्रु बोकेको तारा एयरको ९ एनएईटी जहाज सम्पर्क विहिन

पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको ९ एनएईटी जहाज सम्पर्कविहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।