News

तार एयरको विमान खोज्न हेलिकोप्टर, को को छन विमानमा ?

तार एयरको विमान खोज्न हेलिकोप्टर, को को छन विमानमा ?

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर वेपत्ता भएको तार एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ। विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको हो। 

आज (आइतबार) बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ। विमान अवतरण गर्ने समय भइसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको पुष्टि नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

जहाजमा १९ जना यात्रु रहेको बताइएको छ। जसमा १३ नेपाली, ४ भारतीय र थप दुई अन्य मुलुकका नागरिक रहेको जनाईएको छ। 

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मी थापा छन्।
 

तारा एयर

विशेष