News

वेपत्ता तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

वेपत्ता तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

वेपत्ता भएको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटना भएको आशंका गरिएको छ। थासाङ गाउँपालिकाको लेते लेकमाथिको टिटीताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको हो ।

विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना सवार थिए ।  विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु थिए । 

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले आफूहरूको वस्ती नजिकै विमान उडेको आवाज सुनिएको तर दुर्घटनास्थल भने अहिलेसम्म पत्ता लाग्न नसकेको बताए । 

अहिले आकाशमा कालो बादल मडारिएको उनले जानकारी दिए । 
 

तारा एयर

विशेष