News

ताराको विमान लेतेमा दुर्घट्ना, को को छन् विमानमा ? यस्तो छ नामावली

ताराको विमान लेतेमा दुर्घट्ना, को को छन् विमानमा ? यस्तो छ नामावली

फाईल फोटो।

पोखराबाट जोमसोमका लागि उडेको ताराको नाइन एनएईटी कलसाइनको ट्विनटर जहाज मुस्ताङको थासाङ गाउँपालिकाको लेते लेकमाथिको टिटीताल क्षेत्रमा दुर्घटना भएको छ।

दुर्घट्नाका पुर्ण जानकारी आएको छैन, तर दुर्घटना स्थल पत्ता लागेको स्थानीयले जानकारी दिएका छन् । थासाङ गाउँपालिकाका जनप्रतिनिधिहरुले वस्ती नजिकै विमान उडेको आवाज आएको र लेते भन्दा माथि दुर्घट्ना भएको जनाएका छन् ।

पोखराबाट जोमसोमका लागि आइतवार बिहान ९ बजेर ५५ मिनेटमा विमान उडेको थियो। उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। विमानमा १३ नेपाली, ४ भारतीय र दुई अन्य मुलुकका नागरिक गरी १९ यात्रु र ३ जना चालक दलका सदस्य छन् । 

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। 
 

को को छ विनमानमा 
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार 
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६  धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ, 

चालक दल 
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

तारा एयर

विशेष