News

ताराको विमान दुर्घट्नाका विषयमा थासाङ गाउँपालिका उपाध्यक्षको बयान

ताराको विमान दुर्घट्नाका विषयमा थासाङ गाउँपालिका उपाध्यक्षको बयान

आईतवार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भएको गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनले जानकारी दिएका छन् ।

उनका अनुसार विमान थासाङकै कोवाङ वडा नम्बर २ मा दुर्घटनामा परको स्थानीयले बताएको उनले वताएका छन् । स्थानीयको भनाईलाई उधृत गर्दै उनले दिएको जानकारी अनुसार धौलागिरि आइसफलतिर मोडिन खोज्दा अग्लो पहाडमा ठोक्किर विमान दुर्घटना भएको हो ।

‘यो क्षेत्रमा बादल डम्म लागेको छ, बिहानैदेखि साढे १० सम्म पानी सिमसिम परिरहेको थियो, त्यही बेला जहाज हराएको सुनेको हो। त्यो विषयमा मैले स्थानीयसँग कुरा गरे, उनीहरुले धौलागिरि आइसफलरित गएर थासाङकै वडा नम्बर २ कोवाङमा हिम पहिरो खस्ने डाँडामा दुर्घटना परेको हुनसक्ने बताए।’

स्थानीयका अनुसार बादलभित्र पसेको विमान एकैछिनमा फर्किएको थियो। । फर्किएर पोखरा आउन खोज्दा कोवाङको पहाडमा ठोक्किएको हुन सक्ने हिराचनको भनाई छ। उनका अनुसार पोखराबाट ९:५५ मा उडेको विमान थसाङ पालिकामाथिको आकाशमा आइपुग्दा १०:१५ भएको थियो।

यता नेपाल नागरिक उड्ययन प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको छ। त्यसपछि उक्त जहाज बेपत्ता भएको हो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको बताएका छन् । प्रधिकरणले सेनालाई त्यो सुचना दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको वताएका छन् ।
 

तारा एयर

विशेष