तारा एयरका चालकको मोवाईल सम्पर्कमा, ट्रेसिङ गर्दै खोजी

सम्पर्कविहिन भएपछि दुर्घटनामा परेको भनिएको तारा एयरको विमानका चालकको मोवाईल सम्पर्कमा रहेको पाईएको छ। विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले पुष्टि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।
विमानको खोजी स्थल र हवाइ मार्गबाटै भईरहेको छ। पाईलटको मोवाइलको लोकेसन ट्रेसिङ गरिरेहको पाण्डेले जानकारी दिए । मोवाईलको लोकेसन धवालागिरी हिमाल नजिकै देखिएको छ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।