News मनोरञ्जन

सलमानको ‘कभी इद कभी दिवाली’ फिल्मबाट वहिनी ज्वाईले साथ छोडे 

सलमानको ‘कभी इद कभी दिवाली’ फिल्मबाट वहिनी ज्वाईले साथ छोडे 

बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’ बाट उनका वहिनी ज्वाई आउट भएका छन् । 

भारतीय मिडियाहरुका अनुसार चलचित्रमा आफ्नो भूमिकालाई लिएर आयुष खुसी छैनन् । वास्तवमा आयुषलाई पर्दामा धेरै देखिने मात्र नभएर धेरै डायलग बोल्न मन थियो । यस विषयमा उनले सलमान र निर्देशक फरहादसँग पनि कुरा गरेका थिए । 

यस चलचित्रमा उनी सलमानको भाइको भूमिकामा थिए । यद्यपि, उनको कुराको सम्बोधन नहुने देखिएपछि आयुषले अन्ततः चलचित्र नै नगर्ने निर्णय लिएका हुन् । 

आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । 

‘आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मनपराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन’, आयुष निकट स्रोतले भनेको छ ।

विशेष