News

कहाँ पुग्यो हराएको विमान खोज्न गएको सेनाको टोली ? 

कहाँ पुग्यो हराएको विमान खोज्न गएको सेनाको टोली ? 

हराई रहेको तारा एयरको वेपत्ता जहाज खोज्न गएको नेपाली सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा पुगेको छ। हेलिकोप्टरमार्फत सेनाको टोली त्यहाँ अवतरण गरेको हो।

टोलीमा नेपाली सेनाका १० र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना सहभागि छन् । उक्त टोली त्यहाँबाट पाईलटको मोबाइलको लोकेसन पत्ता लागेको स्थानतर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।

क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्रयाक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले सोही क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो । तर, त्यो क्षेत्रमा विमान फेला नपरेको जनाईएको छ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार छन्। ९एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने विमान अहिलेसम्म सम्पर्कमा छैन।
 

तारा एयर

विशेष