News

२२ जनाको ज्यान जाने गरी दुर्घट्नामा परेको ताराको विमान ४३ वर्ष पुरानो

२२ जनाको ज्यान जाने गरी दुर्घट्नामा परेको ताराको विमान ४३ वर्ष पुरानो

सामान्यतः विश्वमै हवाइ यात्रालाई सुरक्षित मानिन्छ । तर, नेपालको हवाई यात्रा भने असुरक्षित छ। सरदर हरेक वर्ष विमान दुर्घटनामा परेर सर्वसाधारणले ज्यान गुमाउँछन्। अन्य देशको उडान संख्या र दुर्घटनाको दर तुलना गर्ने हो भने नेपालको हवाईयात्रालाई अति नै असुरक्षित मानिन्छ।

यही नियतीको निरन्तरता हो– आईतवार मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९एन एईटी ट्विनअटर विमान उडेको १२ मिनेटमै सम्पर्कविहीन भयो। आईतवार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज २४ घण्टापछि सोमवार विहान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा क्षतविक्षत अवस्थामा फेला प-यो।

जसमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए। उद्वार गर्न पुगेको सुरक्षाकर्मीले सवैको शव फेला पार्यो। प्रतिकुल मौसमलाई कारण वताईएपनि विमान दुर्घट्नाको एकिन कारण पत्ता लागेको छैन। 

संसारकै कुरा गर्ने हो भने, हवाइ दुर्घटना हुने कारणमध्ये पाइलटको त्रुटि, खराव इन्जिन/थोत्रा विमान, प्रतिकुल मौसम, नियोजित दुर्घटना र अन्य मानवीय त्रुटीलाई प्रमुख मानिन्छ। नेपालको सन्दर्भमा प्रतिकुल मौसम र खराव इन्जिन/थोत्रा विमान नै दुर्घट्नाका प्रमुख कारण हुन। त्यस मध्येमा पनि नियमनकारी निकायसँगको सेटिङमा वर्षौ पुराना र कवाडी विमान सञ्चालन गर्नु नै दुर्घट्नाको कारण भएको अनुसन्धानबाट पनि पुष्टि भईसकेको छ।

दुर्घटनाग्रस्त ताराको विमान ४३ बर्ष पुरानो
सामान्यतयाः २० वर्ष पुराना विमानलाई उडान भर्न लायक विमानका रुपमा हेरिदैन। त्यसैले त्यस्ता विमान अन्य मुलुकले विक्रि गर्ने गरेका छन् । तिनै विमान नेपालमा ल्याएर वर्षौसम्म उडान गर्ने गरिएको पाईएको छ। आईतवार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा  दुर्घटनामा परेको विमान पनि ४३ वर्ष पुरानो रहेको पाईएको छ।

विश्वव्यापी उडान ट्रयाकिङ कम्पनी फलाइटराडर २४ का अनुसार तारा एयरको सो विमानले बिसं ०३५ चैत बाट उडान सुरु गरेको हो। यो विमान डे ह्याभिल्यान्ड क्यानडा डिएचसी–६–३०० ट्वीनटरको दर्ता नम्बर ९एन एईटी र सिरियल नम्बर ६१९ मा दर्ता छ।

सबैभन्दा पहिले यो विमान दक्षिण अफ्रिकाको एयर बोस्टावानाले एटु– एबीएल कलसाइनमा खरिद गरेको थियो भने अन्तिमपटक तारा एअरले ९एन–एइटि कलसाइनमा खरिद गरेको थियो। बनेको १९ बर्षपछि यो विमान बल्ल नेपालले खरिद गरेको थियो। नेपालमा यो विमान गरुण एयरले भित्र्याएको पाईएको छ। 

विभिन्न समाचार स्रोतका अनुसार सन १९७३ यता नेपालमा डिएचसी–६–३०० ट्वीनटर मोडलका विमान २ दर्जनभन्दा वढि पटक दुर्घटना परेका छन् । ति दुर्घटनामा करिव डेढ सय भन्दा वढिको ज्यान गएको छ। मुस्ताङ्ग पोखरा रुटमा उडान भर्ने तारा एयरको सो रुटमा यो तेस्रो दुर्घटना हो।

यस अघि तारा एअरको ९एन एएचएच कलसाइनको बिमान २०७२ फागुन १२ गते दुर्घटना हुदा २३ जनाको मृत्यु भएको थियो। लगत्तै ०७३ भदौ ३ गते जोमसोम देखि पोखरा उडान भर्न लागेको विमान धावन मार्गमा स्पिड लिदा पाङ्ग्रा नखुलेपछि काली गण्डकी नदीमा खसेको थियो।

तारा एयर नेपालको हवाई क्षेत्रमा सबैभन्दा असुरक्षित
तारा एयर नेपालको हवाई क्षेत्रमा सबैभन्दा असुरक्षित हवाई कम्पनी मानिन्छ। सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जनाले ज्यान गुमाए भने र १२ फागुन ०७२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाए। आईतवारसहित तारा एयरका यी ठुला तीन वटा दुर्घटना हुन।

तारा एयरका सानातिना दुर्घटना भने धेरै छन्। ९ जेठ ०६७ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो ।

खराव हवाई कम्पनीमा रेकर्ड
सन् २००९ मा स्थापना भएको तारा एयरले छोटो अवधिमै विश्वकै सबैभन्दा खतरायुक्त हवाई कम्पनीको रेकर्ड कायम गरेको छ। विश्वकै असुरक्षित जहाज कम्पनीमा नेपालका दुई तारा र नेपाल एयरलाइन्ससहित काजकिस्तानको स्कट एयरलाइन्स र अफगानिस्तानको काए एयरलाइन्स छन् । 

अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरेको थियो।

प्रायः पहाडि र हिमाली जिल्लाहरुमा उडान भर्दै आएको तारा एयर नेपालमा सबैभन्दा बढी दुर्घटना हुने, अधिकांश जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको जानकारहरु वताउँछन् । 

यस विषयमा तारा एयरलाईन्समा सम्पर्क गर्न खोज्दा उक्त कम्पनीले आफनो वेबसाईटमा राखेको नम्वरमा सम्पर्क हुन सकेन।

तारा एयर

विशेष