News

वैठकमा बालेन्द्रको प्रश्तावः भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन

वैठकमा बालेन्द्रको प्रश्तावः भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन

काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा मेयर बालेन्द्र साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। सोमबार बसेको पहिलो बैठकमा साहले २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् ।

सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न उनले यस्तो प्रस्ताव गरेका हुन । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’

उनले सार्वजतिक शौचालयको समस्या तत्काल समाधानका लागि होटल÷रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि ल्याएका छन् । यसैगरी, नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् ।

मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई एजेण्डा बनाएका छन् । वैठकमा रिसाईक्लिङ मेसिन खरिद गर्ने विषयमा छलफल भईरहेको छ। उनले फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरेका छन् ।

कार्यपालिका वैठकलाई प्रत्यक्ष प्रशारण गरिएको छ। उनले पदभार ग्रहण गर्नासाथ कार्यपालिका वैठक लाईभ गर्ने निर्णय गरेका छन् ।
 

बालेन्द्र साह

विशेष