News

खगेन्द्र संग्रौलालाई लिङदेनले किन भने कुण्ठाले भरिएको भाँडो ?

खगेन्द्र संग्रौलालाई लिङदेनले किन भने कुण्ठाले भरिएको भाँडो ?

तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको विषयमा संवेदनाहिन भएर प्रतिक्रिया दिएको भन्दै सामाजिक सञ्जालमा लेखक खगेन्द्र संग्रौलाको तिव्र आलोचना भईरहेको छ। दुर्घटनालाई धर्म र आस्थासँग जोडेर मान्छेको विश्वासलाई उपहास गरेको भन्दै उनको आलोचना भईरहेको छ।

मुक्तिनाथको दर्शन गर्न गएका दर्शनार्थीले ज्यान गुमाउँदा पनि टुलुटुलु हेरेर वसेको भन्दै मुक्तिनाथलाई अकर्मण्य भनेका थिए । त्यस्ता मुक्तिनाथजीको दर्शन गर्न अन्धविश्वासीहरु कहिलेसम्म धाईरहलान भन्दै उनले जिज्ञासा राखेका थिए ।

‘मुक्तिनाथको दर्शन गर्न उडेका धनुषाका राजन गोले, आमा–बा, काका–काकी र मामा–माइजुले मुस्ताङमा विमान दुर्घटनामा एकबारको जुनी गुमाए’ उनले ट्वीटरमा लेखेका छन्–‘आफ्ना दर्शनार्थीहरूको ज्यान गएको टुलुटुलु हेर्ने अकर्मण्य मुक्तिनाथजीको दर्शन गर्न अन्धविश्वासको पर्वत बोकेर दुःखी जन कतिन्जेल धाइरहलान् मान्यवर?’

उनको यो सवालको जवाफ राप्रका अध्यक्ष राजेन्द्र लिङदेनले दिएका छन् । उनले संग्रौलाको ट्वीटलाई स्कृनसर्ट गरेर पोष्ट गर्दै लेखेका छन्–‘तपाईं नास्तिक भएर निन्दाको आगोले दन्किएर जिउन बाहेक के गर्नुभो ? तपाईं आस्तिक हुनुस् या नास्तिक हाम्रो चासोको कुरा भएन तर एउटा कुराको हेक्का राख्नुस् महासय कुण्ठाले भरिएको तपाईको बुद्धिको भाँडो हाम्रो आस्था माथी पोख्ने अधिकार तपाइँलाई छैन ।’

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले पनि संग्रौलाको ट्वीटमा प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्–‘बाउन सोल्टी श्रापले नर्क जाने भए, मुक्तिनाथको के दोष यहाँ ?’

यतिमात्रै होईन, संग्रौलाको यो ट्वीटपछि उनलाई गाली गर्नेको ओईरो लागेका छ। कतिपयले ‘बेलाको बोली’ भन्नेले कुवेलामा बोलेको प्रतिक्रिया जनाएका छन् भने कतिपयले संग्रौला विरामी परेकी भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

आईतवार वेपत्ता भएर सोमवार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको ९एन एईटी विमानमा चालक दलसहित २२ जना यात्रु थिए। जसमा १३ नेपाली यात्रु थिए। ति मध्ये सात जना धनुषा जिल्लाका एकै परिवारका रहेको खुलेको छ। ति ७ जना धनुषाको मिथिला नगरपालिका ११ लोटहाका बासिन्दा रहेको जनाईएको छ।

विमानमा रहेका पूर्व शिक्षक मकरबहादुर तामाङको परिवार हो। उनीसँगै श्रीमती सुकुमाया तामाङ, दिदी–भिजानु राममाया गोले र इन्द्रबहादुर गोले बहिनी ज्वाइँ र भान्जा तुल्सादेवी गोले, पुरुषोत्तम गोले र राजन गोले विमानमा सवार थिए।

उनीहरू मुक्तिनाथ दर्शन गर्नका लागि हिडेको जनाईएको छ।

तारा एयर खगेन्द्र संग्रौला राजेन्द्र लिङदेन

विशेष