News

सवारी चालक अनुमति पत्रका लागि भरेका सबै आवेदन रद्द

सवारी चालक अनुमति पत्रका लागि भरेका सबै आवेदन रद्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अहिलेसम्म भरेका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले एक सूचना जारी गरी आवेदन रद्ध गरेको जानकारी दिएको हो।

आवेदनका लागि नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ।

यसैगरी, वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ । 


 

विशेष