News

बालेन्द्र साहको प्रश्नः पत्रकारहरले हाम्रो कुरा बुझ्न कति समय लाग्ला ?

बालेन्द्र साहको प्रश्नः पत्रकारहरले हाम्रो कुरा बुझ्न कति समय लाग्ला ?

काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहले ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’ भन्दै प्रश्न गरेका छन् । पत्रकारहरुले काठमाण्डौंको फोहोर ब्यवस्थापन गर्न लागि समय कति लाग्ला भन्ने प्रश्न गरेपछि उनले यसरी प्रतिप्रश्न गरेका हुन।

मेयर साहले सोमवार कार्यभार सम्हाले । तर खादा–माला नलगाउने र खुसी नमनाउने बताएका छन् । काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खुसी नमनाउने उनको घोषणा छ। काठमाण्डौंको फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित भएको, छालाको रोग भएको र मान्छे मरिरहेको भन्दै उनले भने –‘यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’

मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । उनले आफ्नो प्रतिवद्धताअनुसार यो निर्णय गरेका हुन् । नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ।

उनले यसअघि राष्ट्रिय सभागृहमा शपथ ग्रहण गरेका थिए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

विशेष