News अर्थ

बजेटको छलफलमा एमसीसीको विषय उठाएर नारायणकाजीले उधुम मच्चाए

४ सय केबीको प्रशारण लाइन एमसीसी परियोजना होकी, अर्थमन्मन्त्रीको आफ्नै प्रश्ताव हो ?

बजेटको छलफलमा एमसीसीको विषय उठाएर नारायणकाजीले उधुम मच्चाए

राष्ट्रिय सभाको मंगलवारको वैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषय झिकेर उधुम मच्चाएका छन् । सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमाथि राष्ट्रिय सभामा छलफल भईरहेको छ।

वजेटमाथिको छलफलमा भाग लिदै नेता श्रेष्ठले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएकोमा प्रश्न उठाए। 

संसदमा एमसीसी पास गर्दा १२ वुँदे संकल्प प्रस्ताव पास गरेको र त्यसमा अमेरिकाले सहमति नजनाए त्यही दिन एमसीसी खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले १२ बुँदेका विषयमा अमेरिकाले एक शब्द पनि नबोलिकन ४ केबी प्रशारण लाईनको कुरा कहाँबाट आयो ? भन्दै प्रश्न गरे ।

उक्त योजना एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएर अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेका हुन् भन्नेबारे उनको प्रश्न थियो। यसबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ।

‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने भनिएको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैंले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन’ श्रेष्ठले भने–‘संसद्बाट एमसीसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो । साथै ठूला नेताहरुले १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति जनाएन भने त्यही दिन यो खारेज हुन्छ भन्नु भएको थियो । अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैंले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ।’

उनले प्रस्तुत बेजटमा आफ्नो असन्तुष्टि रहेको बताए ।
 

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा एमसीसी

विशेष