News

फिल्ममा असर पर्ने भएपछि यौन दुर्ब्यवहारको मुद्दाबाट मिरुना भईन ‘ब्याक’

फिल्ममा असर पर्ने भएपछि यौन दुर्ब्यवहारको मुद्दाबाट मिरुना भईन ‘ब्याक’

यौन दुर्ब्यवहारको आरोपसहित बौद्ध भिक्षु फुर्पा लामा विरुद्ध प्रहरीमा उजुरी दिएकी अभिनेत्री मिरुना मगर फिल्ममा असर पर्ने देखिएपछि कारवाहीबाट फिर्ता भएर मिलापत्रमा पुगेकी छिन् ।

फुर्पा लामाले गल्ती स्वीकारेपछि भाइ सम्झेर आफुले पनि माफी दिएको मगरले बताएकी छन् । मंगलबार अभद्र व्यवहारमा प्रहरी नियन्त्रणमा रहेका फुर्वाको रिहाइको माग गर्दै समर्थकहरुले केएल टावर र चलचित्र विकास बोर्डमा प्रदर्शन गरेपछि दुई पक्षबीच सहमति भएको हो ।

फिल्मविरुद्ध नै प्रदर्शन सुरु भएपछि ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका पुगेर वार्ता गरेका थिए। प्रदर्शनकारीले ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने माग गर्न थालेपछि उनीहरु मिलापत्र गराउन दौडधुपमा लागेका थिए। राजधानीमा आन्दोलन र सामाजिक सञ्जालमा समेत अभिनेत्री मगर विरुद्ध तिव्र आलोचना भएपछि फुर्पालाई प्रहरीले थुनामुक्त गरेको थियो।

अभिनेत्री मगरको उजुरीकै आधारमा फुर्वा पक्राउ परेका थिए । त्यसअघि उनले फुर्वालाई चड्कन हानेकी थिईन। तर, दुवै पक्षले मंगलबार मिलापत्र गरेका छन् ।

मिलापत्रपछि उनले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी छन् ।

मिलापत्रमा लेखिएको छ–‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्। हामी दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनवाश्यक टीकाटिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा सम्प्रदायक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय, तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजीखुसी यस पत्रमा हस्ताक्षर गरी लियौं दियौं ।’

यो पनि,
नायिकालाई दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन प्रदर्शन

विशेष