News समाज

पर्वतको कुश्मा स्थित पूर्णेश्वर माविको कम्युटर भवन उदघाटन

पर्वतको कुश्मा स्थित पूर्णेश्वर माविको कम्युटर भवन उदघाटन

भारतको अनुदान सहयोगमा निर्मित पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटार स्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्युटर भवनको उदघाटन भएको छ । नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले भवनको उदघाटन गरेका हुन् ।

कुल १ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गतको परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको यो एक हो ।

पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै पुरानो विद्यालयमा पर्छ। यो विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये करिब ६० प्रतिशत छात्रा छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । नेपालका सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ ।

यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा छन् ।
 

विशेष