News

माओवादीका बागी र आधिकारिक उम्मेदवारबीच झडप

माओवादीका बागी र आधिकारिक उम्मेदवारबीच झडप

रुकुरको त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रका आधिकारीक उम्मेदवार र बागी उम्मेदवार पक्षबीच झडप हुँदा ६ जना घाईते भएका छन्। पार्टीबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षबीच झडप भएको हो।

झडपमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन घाईते भएका छन्। घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

माओवादीको त्रिवेणी गाउँपालिका उपाध्यक्ष समेत रहेका सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । पार्टीले उनलाई ६ महिनाको लागि निलम्बन गरिसकेको छ । सोही विषयमा दुवै पक्षबीच भनाभन हुँदा झडप भएको जनाईएको छ।

तर सुन्दरले भने झडपमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । व्यक्तिगत विषयलाई लिएर भएको झगडालाई समूहगत रुपमा जोडिएको उनले जनाएको छ। 
 

विशेष