News

विराटनगरको गठवन्धनमा संकटः दुई दल एकातिर, माओवादी अर्कैतिर

विराटनगरको गठवन्धनमा संकटः दुई दल एकातिर, माओवादी अर्कैतिर

विराटनगरमा सत्ता गठवन्धनमा उतारचढाव देखिएको छ। नेकपा माओवादी केन्द्रले तालमेलको सहमति विपरितका कृयाकलाप गर्न थालेपछि गठवन्धन संकटमा पर्न थालेको नेताहरु वताउँछन् ।

कागजी रुपमा गठबन्धनमै रहे पनि माओवादी अनौपचारिक रुपमा एक्लै अघि वढ्न थालेको उनीहरुले वताएका छन् । माओवादीलाई प्रमुख र उप प्रमुख दुई मध्ये एउटा पनि पद नपाएकोमा असन्तुष्टि छ। सोही कारण माओवादीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेलाई सघाउन थालेको छ। 

माओवादीकी नगर सचिव समेत रहेकी न्यौपाने गठबन्धनबाट उमेदवार बन्न नपाएपछि स्वतन्त्रबाट उम्मेदवार वनेकी हुन। अहिले उनै न्यौपानेका लागि माओवादी नेता तथा कार्यकर्ताहरु मत माग्दै हिँड्न थालेको पाईएको छ।

माओवादी केन्द्र प्रदेश १ ले पार्टीको नीतिविपरीत गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी दिएका १४ जनलाई कारवाही गरिसकेको छ। जसमा २ जना प्रदेश समिति सदस्य, १ जना उदयपुरका प्रदेश विभाग प्रमुखसमेत छन् । तर, त्यो कारवाहीबाट न्यौपाने जोगिएकी छिन् ।

यति मात्रै होईन, गठबन्धन दलहरुबीच प्रमुख र उप प्रमुखबाहेक वडाअध्यक्ष लगायतका पद बाँडफाँट नभकाले माओवादीले विराटनगर महानगरपालिकामा वडातहसम्म आफना उम्मेदवार खडा गरेको छ। 

गठवन्धनका कांग्रेस र जसपा संयुक्त रुपमा घरदैलो कार्यक्रममा छन् भने माओवादीले एक्लै घरदैलो र चुनावी कार्यक्रम गर्दै आएको छ। महानगरमा जसपाबाट राजीनामा दिएर मेयर पदमा उमेश यादवले पनि उम्मेदवारी दिएका छन्। उमेशलाई पनि माओवादीले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ।

विशेष