News

निर्वाचन अगावै ३४ स्वतन्त्र उम्मेदवार निर्विरोध

निर्वाचन अगावै ३४ स्वतन्त्र उम्मेदवार निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अगावै स्वतन्त्र उम्मेदवारी दिएका ३४ जना निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्रसहित निर्विरोध निर्वाचित हुनेको संख्या ३५३ जना छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार राजनीतिक दल र स्वतन्त्र गरी ३५३ जना निर्विरोध निर्वाचित भएका हुन् । स्वतन्त्रतर्फ वडा अध्यक्षमा ६ जना, दलित महिला सदस्य ४ जना, महिला सदस्य, ८ जना र खुला सदस्य १६ जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय दलको मान्यता पाएका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तुलानामा निर्विरोध हुनेको संख्या स्वतन्त्रबाट धेरै छ। आयोगका अनुसार जसापा र लोसपाका एक–एक जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट एक महिलासदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई खुला सदस्य, नेपाल मजदुर किसान पार्टीका दुई दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।


 

विशेष