News

यती समूहकै विमान किन हुन्छ धेरै दुर्घट्ना ?, यस्तो छ नालीबेली

यती समूहकै विमान किन हुन्छ धेरै दुर्घट्ना ?, यस्तो छ नालीबेली

तारा एयरको ९एन एईटी कलसाईन भएको ट्वीनटर विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव सोमवार साँझ काठमाडौं ल्याईएको छ। चालक दलका तीन जना सदस्यसहित २२ यात्रुमध्ये २१ जनाको शव फेला परेको छ भने एक जनाको अवस्था अझै अज्ञात नै छ।

खोंचमा एउटा शव जस्तो देखिए पनि उद्वार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । अन्य ११ शव काठमाण्डौं ल्याउने प्रयास खराब मौसमका कारण सम्भव भएको छैन। मंगलवार ति शव पोखरा हुँदै काठमाण्डौं ल्याउने तयारी छ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनास्थल २८ कात्तिकमा मानापाथी हिमालबाट झरेको हिमपहिरो गएकै ठाउँ हो । 

१६ जेष्ठमा वसेको मन्त्री परिषद वैठकले विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।

यती समूहकै विमान किन हुन्छ धेरै दुर्घट्ना ?


तारा एयरलाईन्स यती समुहकै भगिनी संस्था हो। सन् १९९८ बाट व्यावसायिक उडान सुरु गरेको यति एयरलान्सले सन् २००९ मा तारा एयर नामको संस्था खडा गरेको हो। यती एयरलान्सले केही सुगम र तारा एयरले दुर्गम क्षेत्रमा उडान गर्दै आएका छन् ।

विगतमा विकट क्षेत्रमा दुर्घटना अत्याधिक हुँदा पुनर्बिमा कम्पनीहरुले अत्याधिक रकम बढाएपछि तारा एयरको नाममा नयाँ एयरलाइन्स कम्पनी खडा गरिएको थियो । यसैगरी, अन्तर्राष्ट्रिय स्तरमा यती एयरलाइन्सको शाखसमेत गिरेपछि ‘तारा एयर’ नामको भगिनी संस्था वनाईएको हो । तर, त्यसको करिव ८ वर्षपछि दुवै संस्थालाई मर्ज गरिएको छ। 

यतीले संस्थाको नाम खराव हुँदा त्यसलाई कसरी वचाउने, कसरी विमान थप्ने र कसरी खर्च घटाउने भन्ने विषयमा यस विचमा धेरै ध्यान दिएको छ। तर, विमानलाई कसरी सुरक्षित वनाउने भन्ने विषयमा भने ध्यान दिएको पाईएको छैन।

नेपालमा यति समुहका विमाननै धेरै दुर्घटनामा पर्नु पनि त्यसको एउटा कारण प्रमाण हो। आईतवार भएको दुर्घट्ना यती एयरको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका १०८ हवाई दुर्घटना मध्ये यति समुहको १३औं दुर्घटना हो।

१३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित ९७ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार तारा स्थापना भएयता मात्रै ६ वटा दुर्घटना भइसकेका छन् । जसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् ।

मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । आइतबार मुस्ताङको सानोसरे भीरमा भएको दुर्घटना दोस्रो ठूलो हो । यो कम्पनीसँग अव ९ वटा विमान छन् । यतीको नाममा सुगम क्षेत्रमा ५ वटा एटीआर विमान छन भने ताराको नाममा दुर्गममा उडान भर्ने ४ वटा ट्विनटर विमान छन् । 

यस्ता छन् नेपालमा भएका मुख्य विमान दुर्घटना
१५ फागुन ०७५ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटना। उक्त दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु।

१, वैशाख ०७६– सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको विमान दुर्घटना। विमानले धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु।

२३ भदौ ०७५ – गोर्खाबाट काठमाण्डौका लागि उडेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको मेघान डाँडामा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु।

२८ फागुन २०७४ – बाङलादेशबाट नेपाल आएको यूएस–बाङ्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु

२९ वैशाख ०७२– भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त। ६ अमेरिकी सैनिक, २ नेपाली सेनाका अधिकारी र ५ सर्वसाधारण गरी १३ जनाको मृत्यु।

जेठ ०७२ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु।

१२ फागुन ०७२ – पोखराबाट जोमसोम उडेको तारा एअरको ९एन एएचएच कलसाईनको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त। २३ जनाको मृत्यु । 

फागुन ०७१ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लियो। विमानस्थलमा अवरोध, ४ दिन विमानस्थल बन्द।

माघ ०७० – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना। १८ जनाको मृत्यु।

वैशाख ०६९– भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना। १९ जनाको मृत्यु।

भदौ ०६९ – काठमाण्डौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु।

भदौ ०६८– माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको विमान काठमाण्डौं नजिकै कोतडाँडामा दुर्घटना। १४ जनाको मृत्यु।

साउन ०६७ – काठमाण्डौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा। १४ जनाको मृत्यु।

मंसिर ०६७ – लामीडाँडाबाट काठमाण्डौ उडेको विमान ओखलढुङ्गामा दुर्घटना। चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु।

असोज ०६५ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेलामा विमान दुर्घटना। १८ जनाको मृत्यु।

भदौ ०६३ – संखुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटना। वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको मृत्यु। 

यो पनि,

तारा एयर

विशेष