News

कार्यपालिका बैठक लाईभ गर्ने बालेन्द्रले सेना प्रमुखसँगको भेट किन लुकाए ?

कार्यपालिका बैठक लाईभ गर्ने बालेन्द्रले सेना प्रमुखसँगको भेट किन लुकाए ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर कार्यपालिका बैठक लाईभ गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

सोही निर्णय अनुसार सोमवार वसेको पहिलो वैठक लाईभ भयो। यसलाई धेरैले सुशासनसँग जोडेर ब्याख्या गरिरहेका छन् । महानगरमा भएका सवै निर्णय र छलफल पारदर्शी गर्नु पर्ने माग उठीरहेका वेला मेयर साहले वैठकलाई लाईभ गर्ने निर्णय गरेर पारदर्शिता कायम गर्न खोजेको धेरैको विश्लेषण छ।

तर, कतिपयले भने बालेन्द्रले कार्यपालिकामा आफु अफ्ठ्यारोमा पर्न सक्ने खतरालाई कम गर्न यो निर्णय गरेको बताएका छन् । महानगरका योजनाहरु पास गराउने क्रममा कार्यपालिकामा एक्लै पर्ने खतरा देखेपछि साहले वैठकलाई लाइभ गर्ने निर्णय गरेको उनीहरु वताउँछन् । यो निर्णय महानगरवासीको स्वार्थमा भन्दा पनि उनले आफनो स्वार्थका लागि गरेको उनीहरु  वताउँछन् । 

बालेन्द्र साह पारदर्शिता र सुशासनको सवालमा कति जिम्मेवार छन् भन्ने कुरा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँगको भेटले नै पुष्टि गरिसकेको उनीहरुको तर्क छ।

साहले सोमवार विहान मेयरको सपथ लिएर कार्यभार सम्हाले लगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधान सेनापति शर्मासँग भेट गरेका थिए। भेटमा मेयर साहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पु-याएको योगदानको प्रशंसा गरेको र प्रधान सेनापति महारथी शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको विषय वाहिर आएको छ।

तर, सामाजिक सञ्जालमा भने बालेन्द्र र प्रधान सेनापतिको भेटलाई आश्चर्य पुर्वक हेरिएको छ। सेनाले गरेको कामको प्रशंसा गर्न र शुभकामना लिनकै लागि मात्रै बालेन्द्र जंगी अड्डा पुग्नु नपर्ने विश्लेषकहरु वताउँछन् ।

भुपेन्द्र चाम्लिङ राई ट्वीटरमा लेख्छन्–‘जनताको बलवाट निर्वाचित मेयर बालेन्द्र साहलाइ सैनिक शक्तिको खाचो किन पर्यो ? शपथ ग्रहण लगत्तै सेना प्रमुखको दर्शन गरेर के संकेत दिन खोजेका हुन ?’ यतिमात्रै होईन सामाजिक सञ्जालमा बालेन्द्र र शर्माको भेटले तरङ उत्पन्न गरेको छ। तर, जस्ले यो विषय उठाएका छन् । उनीहरुलाई गाली गर्नेहरुको पनि कमी छैन। 

कतिपयले भने बालेन्द्र साहले चुनाव प्रचार प्रसारकै क्रममा टुँडिखेलको जग्गा महानगरको अधिनमा ल्याउने बाचा गरेकाले सोही विषयमा कुराकानी गर्न गएको जनाईरहेका छन्। प्रधान सेनपाति शर्मासँग भेट गरेका साहले टुडिखेलको विषय राखे÷नराखेको विषय भने अहिलेसम्म वाहिर आएको छैन। बालेन्द्र साँच्चिकै उत्तरदायी हुन्थे र महानगरवासीलाई हरेक जानकारी पुर्याउने नियत राखेको भए यो विषय किन लुकाईरहेका छन ? भन्ने प्रश्न पनि उठिरहेको छ।

जानकारी अनुसार काठमाडौंको खुला स्थान टुँडिखेलको धेरै भाग सेनाको अधीनमा छ। सेनाले आफ्नो जंगीअड्डा र आर्मी अफिर्सस क्लव त्यही बनाएको छ। रत्नपार्कस्थित पुरानो बसपार्क पुनःनिर्माण गर्ने क्रमा टुँडिखेललाई अस्थायी बसपार्क बनाउने निर्णय पनि भयो। त्यो सँगै भाडाको प्रयोजनका लागि सटर निर्माण भए। स्थानीयले विरोध गरेपछि सटर भत्काइएको थियो। यद्यपि, सेनाले भने टुँडिखेल आफ्नो हिसाबमा प्रयोग गरिरहेको छ। 
 

बालेन्द्र साह

विशेष