News

पूर्वमन्त्री भट्टराईको प्रश्नः कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यको वजेट नबढेको हो ?

पूर्वमन्त्री भट्टराईको प्रश्नः कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यको वजेट नबढेको हो ?

नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कमिसन नआउने भएर सरकारले शिक्षा र स्वास्थ्यको वजेट काटेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले यस्तो आरोप लगाएका हुन।

विगतमा मन्त्री पदमा नरहँदा जनार्दन शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने गरेको टिप्पणी स्मरण गराउँदै उनले भने– ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा–स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’

यस पटकको वजेटको गन्तव्य नै प्रष्ट नभएको भन्दै उनले २ घण्टा ५५ मिनेटसम्म शान्तिपूर्वक बजेट वाचन गर्नु नै अर्थमन्त्रीको सफलता भएको भन्दै व्यंग्य गरे । ‘यसपटक अर्थमन्त्रीज्यूले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेश तोडफोड भएन । संसदमा माननीय सदस्यहरु बस्ने कुर्सी भाँचिएनन्, संसदका माइकहरु भाँचिएनन् र अर्थमन्त्रीले शान्तपूर्वक २ घण्टा ५५ मिनेट लगाएर बजेट पढ्न पाउनुभयो’ उनले भने–‘सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको छ।’
 

विशेष