News

नायिकालाई दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन प्रदर्शन

नायिकालाई दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन प्रदर्शन

नायिका मिरुना मगरलाई दुर्ब्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामाको रिहाईको माग गर्दै मंगलवार विहान काठमाण्डौंमा प्रदर्शन गरिएको छ।

चावहिलस्थित केएल टावर अगाडि भेला भएको युवाको एक समूहले प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’ विरुद्ध समेत नाराबाजी गरेका छन् । उनीहरुले नायिका मगर अभिनित उक्त फिल्मको पोस्टर समेत जलाए ।

मुगु घर भएका लामाले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्ब्यवहार गरेको मगरको आरोप छ। सोमबार ‘कबड्डी ४’का लागि सिनेमा हल पुगेका बेला ती युवाले तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्ब्यवहार गरेको उनको आरोप छ।

सोही विषयमा उनले लामालाई झापड हानेकी थिईन भने प्रहरीमा उजुरी पनि दिएकी थिइन् । उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो।

फिल्मविरुद्ध नै प्रदर्शन सुरु भएपछि ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका पुगेर वार्ता गरेको जनाइएको छ ।
 

मिरुना मगर

विशेष