News

केशव स्थापितको यौन दुराचार प्रकरणमा धुरन्धर पत्रकार पनि मुछिए

केशव स्थापितको यौन दुराचार प्रकरणमा धुरन्धर पत्रकार पनि मुछिए

काठमाण्डौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विरुद्ध यौन दुराचारको आरोप लगाएकी पत्रकार रश्मिला प्रजापतिले काठमाण्डौंबाट सञ्चालित केही अनलाईन पोर्टलले स्थापितको पक्षपोषण हुने गरी प्रायोजित समाचार प्रकाशन गरेको आरोप लगाएकी छिन् ।

एलो प्यागोडमा शुक्रवार जम्मा भएका ती अनलाईका प्रकाशक÷सम्पादक मध्ये केही नेवार पत्रकारहरुले एउटै समाचार सवैमा प्रकाशन गरेर स्थापितको नुनको सोझो गरेको उनको आरोप छ।

सामाजिक सञ्जाल फेसवुकमा आफनो प्रतिक्रिया ब्यक्ति गर्दै उनले काठमाण्डौं महानगरपालिकाले केही समय अगाडि जारी गरेको विज्ञप्ति र केशव स्थापितले आफनो वचाउमा प्रस्तुत गर्दै आएको तर्कको खण्डन गरेकी छिन् । काठमाण्डौं महानगरपालिकाकी पूर्वकर्मचारी समेत रहेकी प्रजापतिले तत्कालिन मेयर स्थापितको यौन प्रश्ताव अस्विकार गर्दा आफुलाई जागिरबाट निकालिएको आरोप लगाउँदै आएकी छिन्।

तर, स्थापितले भने प्रजापतिले भ्रष्टाचार गरेको र उनको ब्यवहारले आजित भएका कर्मचारीको आन्दोलनका कारण उनलाई हटाईको वताउँदै आएका छन् । स्थापितले यस्तो तर्क गर्न थालेपछि प्रजापतिले त्यसको प्रतिवाद गर्दै ‘आन्दोलन गराइएको २०६० साल असारमा र आफुलाई अवकाश दिइएको २०६० साल कार्तिकमा’ भन्दै उनको कुरा असान्दर्भिक भएको जनाएकी छिन् ।

अवकासको पत्र दिँदा भ्रष्टाचार गरेको वा अन्य कुनै पनि कुरा उल्लेख नगरिएको तर आफु निकटका पत्रकारहरु प्रयोग गरेर स्थापितले आफु विरुद्ध भ्रष्टाचारको आरोपमा समाचार लेखाएको उनले वताएकी छिन् । ‘त्यो प्रायोजित समाचारमा मैले अनियमितता गरेकोले हटाइयो भनियो तर के अनियमितता गरें त, थाहा होस् न त मलाई, केहि भनिएको छैन, अनि अनियमितता गरेको भए किन कारवाही नगरी निकालिएको त मलाई? किन मलाई दिइएको पत्रमा त्यस्तो केहि नलेखेको ?’ भन्दै उनले प्रश्न गरेकी छिन् । 

केही दिन अघि धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको कार्यक्रमको प्रसंग उठाउँदै उनले ‘त्यत्रो पत्रकारको अगाडि प्रश्न सोध्ने महिलालाई यो बहिनिले प्रोष्टिच्युसन गर्छ भनी लेखाइदिउँ’ भन्न सक्ने केशव स्थापितले यस्ता प्रायोजित समाचार लेखाउनु के गार्हो भयो र ?’ भन्दै टिप्पणी गरेकी थिईन। ‘उनले भनेकी छिन्–‘तर नबिर्सनुस् पैसामा बिकेर लेख्ने तपाईंहरुको घरमा पनि महिलाहरु छन्, ती महिलाहरु माथि कसैले यौन दुराचार गर्यो भने मात्र बोल्ने कि त्यो बेला पनि यस्तै प्रायोजित समाचार लेखिरहने ?’

उनले नृपेन्द्र लाल श्रेष्ठको लहनान्युज डटकम, तेज महर्जन/सुरेस किरण मानन्धरको नेपाल भाषा टाइम्स, राजेन्द्र स्थापितको जनआस्था, अरबिन्दमान सिहं/नीलः भाजुको मेट्रो न्युज खबर, नरेन्द्र बहादुर तण्डुकारको आर्थिक प्लस डटकमको नामै तोकेर केशव स्थापितको पैसा खाएर समाचार लेखेको आरोप लगाएकी छिन् ।

यो पनि,

केशव स्थापित रश्मिला प्रजापति

विशेष